पिसाबप्रणालीमा गरिने शल्यक्रियामा सुसूचित मन्जुरीनामा

मिर्गौला ग्रहणकर्ता (Kidney Transplant Recipient) का लागि शल्यक्रिया गर्न दिने मञ्जुरीनामा फाराम

 

यो मञ्जुरीनाको उद्देश्य यहाँलाई जिबित मिर्गौला ग्रहणकर्ताका रुपमा सहभागि हुनुअघि आवश्यक जानकारी गराउनु रहेको छ । सहमति आपसीसमझदारीमा आधारित हुनुपर्नेछ , यसका जोखिमहरु, फाइदाहरु र बिकल्पहरुबारे ग्रहणकर्ताका रुपमा यहाँलाइ जानकारी गराउनु रहेको छ । यदितपाँइले केही नबुझेका कुराहरु छन् भने सम्वन्धित चिकित्सकसँग धक नमानीकन प्रश्न सोध्नसक्नु हुनेछ ।

कुनै पनि व्यक्तिका दुवै मिर्गौलाले स्थायी रुपमा काम गर्न नसकेको अवस्था (End-Stage Renal Disease)मा अर्को दाता व्यक्तिको मिर्गौला राख्नेअपरेशन/शल्यक्रियालाई मिर्गौला प्रत्यारोपण भनिन्छ । मिर्गौला दिने व्यक्तिलाई मिर्गौला दाता ( kidney donor) र लिने व्यक्तिलाई मिर्गौलाग्रहणकर्ता (kidney recipient) भनिन्छ । दाता जीवित व्यक्ति या मरिसकेको व्यक्ति पनि हुन सक्छ । जीवित दाताका हकमा दुवै मिर्गौला स्वस्थहुनुका साथै सम्पूर्ण शरीर पनि स्वस्थ हुनुपर्छ। मिर्गौला प्रत्यारोपण युरोलोजिष्ट/ शल्यचिकित्सक, नेफ्रोलोजिष्ट र एनेस्थेसियोलोजिष्टको समन्वयमाकार्यान्वयन हुन्छ।

दाताको मिर्गौला ग्रहणकर्ताको लागि बाह्यवस्तु भएकाले ग्रहणकर्ताको शरीरले दाता मिर्गौलाका कोषिकाहरूलाई मार्न खोज्छन् जसलाई रिजेक्सन(Rejection) भनिन्छ । यही रिजेक्सन (Rejection) नहोस् भनेर ग्रहणकर्ताको शरीरमा दाता मिर्गौलाका कोषिकाहरूविरुद्ध रहेका एन्टीबडिज(antibodies) निर्धारण गर्न दाता र ग्रहणकर्ताको ब्लड ग्रुपिङ तथा क्रसम्याचिङ (crossmatching) गरिन्छ । प्रत्यारोपण गर्नु केही दिनअघिदेखिचलाइएका कडा औषधीहरू (immunosuppresant)ले ग्रहणकर्ताको शरीरको बाह्यवस्तुसँग प्रतिरोध गर्ने क्षमतालाई न्युन बनाइदिएको हुन्छ । यहीकारणले पनि ग्रहणकर्ताले जीवनभर यस्ता कडा औषधीहरू नियमित रूपमा सेवन गर्नुपर्ने हुन्छ ।

यहाँको सबै जाँचहरु पुरा भइसकेपछि र मिर्गौला प्रत्यारोपण तय भएपछि यहाँलाई प्रत्यारोपण शल्यक्रियाको २ – ३ दिन अगाडि नै भर्ना  गरेर औषधि(Immunosuppressive Medicine)शुरु गरी आवश्यक जाँचगरी विशेषज्ञहरुले जाँच गर्दछन् ।

शल्यक्रियाको अघिल्लो दिन राती १० बजेवाट खालिपेट बस्नु पर्दछ । शल्यक्रियाको दिन बिहान औषधियुक्त पानीले नुहाई दिसा हुने औषधि(Enema) लगाउनु पर्दछ । त्यसपछि आवश्यक औषधिहरु लगाएर शल्यक्रिया कक्ष (Operation Theatre) लगिनेछ ।

मिर्गौला प्रत्यारोपण शल्यकृयामा के गरिन्छ ?

सम्पूर्ण शरीर परीझण गरी युरोलोजिष्ट/शल्यचिकित्सक, नेफ्रोलोजिष्ट र एनेस्थेसियोलोजिष्टले आवश्यकता अनुसार अन्य विशेषज्ञको सहयोगमाशल्यक्रिया निर्धारण गर्दछन् र शल्यक्रियाको लागि गर्ने यो तयारीलाई शल्यक्रियापूर्वको जाँच (Preanaesthetic checkup/PAC) भनिन्छ ।आवश्यकPAC पछि, पूरा शरीर बेहोश वा अचेत बनाउन  जनरल एनेस्थेसिया(General Anaesthesia) दिएर यहाँका आफन्त वा प्रियजनबाट प्राप्तमिर्गौलालाई यहाँको तल्लो पेटको दायाँ वा वाँया भागमा राखिन्छ। मिर्गौला प्रत्यारोपण गर्दा ग्रहणकर्ताको पेटको तल्लो दायाँ र बायाँ  भागमा दातामिर्गौलाको धमनी (artery), नसा (vein) र माथिल्लो पिसाबनली (ureter) क्रमश: ग्रहणकर्ताको धमनी, नसा र पिसाबथैली (urinary bladder)माजोडिन्छ । जहाँ अनुगमनका लागि पहिले देखिनै पिसाबथैलीमा पाइप(Urethral catheter),युटेरिक स्टेन्ट(Uretic Stent), एब्डोमिनलड्रेन(Abdominal Drain), आर्टेरियल लाइन (Arterial Line) तथा सेन्ट्रल भेनस लाइन (Central Venous Line) राखिएको हुन्छ।अधिकांशप्रत्यारोपणहरुमा प्रत्यारोपण गरिएको मिर्गौलाले केहि समयपछिनै काम गर्न शुरु गर्दछ ।तर कहिलेकाँही बढी समयपनि लाग्न सक्दछ ।

प्रत्यारोपण पछि यहाँले ५ दिन देखी १० दिनसम्म अस्पतालको पोष्ट अपरेटिभ वार्डमा बस्नुपर्ने हुन्छ र यो अवधि आवश्यकता हेरी बढाउन पनि सकिनेछ ।सामान्यतया माथिल्लो पिसाबनली(Ureter)मा हालेको पाइप(Ureteric Stent) १४ दिनपछि निकालिन्छ । मिर्गौला प्रत्यारोपणपछि पनि यहाँलाइलामो समयसम्म नियमित फलोअप र इम्युनोसप्रेसिभ औषधिहरुको आवश्यकता पर्दछ ।यहाँले फलोअप केयरका लागि आफुलाइ पायक पर्ने सुबिधा सम्पन्न उपचार केन्द्रमा सम्पर्क गर्न सक्नुहुनेछ ।फलोअप केयर अन्तर्गत सामान्यतया क्लिनिक भिजिट सँगै पिसाव र रगतका जाँचहरु पर्दछन् र साथमाआवश्यकता अनुसार केही रेडियोलोजिकल इमेजिङ पनि गर्नुपर्ने हुन्छ ।

मिर्गौला प्रत्यारोपणका फाइदाहरु:

  • डायलाइसिस(Dialysis)बाट पुर्णरुपमा उन्मुक्ति मिल्छ ।
  • स्वास्थ्यमा सुधार सहित आयु समेत लम्बिन्छ ।
  • सुधार सहितको सुवास्थ्य तथा स्तरिय जिवन सुनिश्चित हुन्छ ।
  • आफुले चाहेजति पानी पिउन सकिने हुन्छ, शरीरमा पोषणको समेत पर्याप्त पूर्ति हुन्छ।

मिर्गौला ग्रहणर्ताका लागि संभावित सर्जिकल जोखिमहरुः

  • शल्यक्रिया  गर्दागर्दै या पछि  अत्याधिक रक्तस्राव(Bleeding) हुनसक्ने  जसको लागि रगत (Blood Transfusion)चढाउनु पर्ने, पुनशल्यक्रिया गर्नु पर्ने -१%    
  • भास्कुलर जटिलताहरु(दाता मिर्गौलाको धमनी(Graft Artery) र ग्रहणकर्ताको धमनी (Recipient Artery) जोडिएको ठाँउ साघुँरिने(Renal Artery Stenosis), ग्रहणकर्ताको धमनीमा रगत सञ्चालन नभई खुट्टामा रक्तप्रवाह नहुने(Acute Limb Ischemia)जसको लागि पुन शल्यक्रिया  गर्नुपर्ने, दाता मिर्गौलाको धमनी र नसामा रगत जम्ने(Graft renal artery/vein Thrombosis) -४.५%
  • घाउको जटिलताहरु–घाउ पाक्ने (Surgical Site Infection),छाला तथा छाला मुनीका तहमा हुने संक्रमण, रगत जम्ने(Hematoma), सेरोमा(Seroma) लगायतका -७.८%
  • दाता मिर्गौलाको माथिल्लो पिसाबनली (ureter) बाट पिसाब चुहिने(Urine leak) तथा साघुँरिने (Ureteric stricture) जसको लागि पुन शल्यक्रिया  गर्नुपर्ने अवस्था आउनसक्छ – ३.१ %
  • लसिका बगिरहने(Lymphorrhoea) तथा  पेटमा जम्मा भई लिम्फोसिल(Lymphocele) बन्ने जसको लागि पुन शल्यक्रिया  गर्नुपर्ने अवस्था आउनसक्छ- २.५% 
  • पिसावमा रगत जाने(Hematuria)- २.२%
  • प्रत्यारोपण गरिएको मिर्गौला फुट्ने (Graft Rupture)- ०.५%
  • बेहोस  पार्दा तथा हुनसक्ने सम्भावित जोखिमहरु जसमा औसधीहरुको असर,  अलेर्जी हुने  ,प्रेसर घटबढ हुने ,मुटुको  चाल घटबढ हुने, जसलेज्यान जोखिम पार्न सक्ने तथा भेन्टिलेटरमा बस्नुपर्ने तथा मिर्गौला प्रत्यारोपण गर्न नसकी शल्यक्रियाबीचमा रोक्नुपर्ने -0.५%
  • सेन्ट्रल भेनस लाइन (Central Venous Line) राख्दा नसा तथा फोक्सोमा चोट लाग्न सक्ने-०.२%
  • रक्तबाहिनी नलीमा रगत जम्ने (Deep Vein Thrombosis)- ०.५%
  • माथिका कुनै पनि कारणले दाता मिर्गौला शल्यक्रिया गरी निकाल्नु पर्ने हुनसक्छ-१%

मिर्गौला ग्रहणकर्ताका लागि संभावित मेडिकल जोखिमहरुः

  1. डिलेड ग्राफ्ट फङ्सन(Delayed Graft Function)- ३%
  2. रिजेक्सन अफ द ग्राफ्ट(Rejection of the Graft)- ४%
  3. न्युमोनिया(Pneumonia)- ३.३%
  4. मुत्रनलीको संक्रमण(Urinary Tract Infection)- ४.८%
  5. रोग प्रतिरोधात्मक क्षमता बिरुद्धका औषधिहरुको नकारात्मक असरहरु(Adverse effects related to immunosuppression) – तौल बढ्ने, उच्च रक्तचाप, मधुमेह, संक्रमणजन्य जटिल अवस्थाहरु (भाइरल, फङ्गल,प्रोटोजोअल र व्याक्टेरियल),म्यालिग्नेन्सी ।
  6. प्रत्यारोपण गरेको मिर्गौलामा समेत पहिलेका रोगहरुको उपस्थिति दोहोरिन सक्ने (Recurrence of the native disease)
  7. मृत्युदर- २.८%(सामान्य कारणहरु जस्तैः Sepsis, Pulmonary Embolism, Graft Rejection)

 

मिर्गौला ग्रहणकर्ताका लागि मनोबैज्ञानिक जोखिमहरुः

  1. प्रत्यारोपणपछि ग्रहणकर्ताले औषधि सेवन र फलोअपमा ध्यान नदिन सक्ने संभावना रहन्छ ।
  2. शल्यक्रिया पछिको समायोजनमा ग्रहणकर्तालाई समस्या (Adjustment Problem) हुनसक्छ ।
  3. मिर्गौला प्रत्यारोपणपछि ग्रहणकर्तामा डिप्रेसन हुने जोखिम रहन्छ ।

मिर्गौला प्रत्यारोपणका बिकल्पहरुः

  1. हेमो डायलाइसिस (Hemodialysis)
  2. पेरिटोनियल डायलाइसिस (Peritoneal Dialysis)

यो स्वीकार गर्दछु की मेरो चिकित्सकले मलाई यसबारे राम्रोसँग जानकारी गराउनुभएको छः

  • मेरो प्रस्तावित शल्यक्रियामा, चिकित्सकले अपेक्षा गरेभन्दा बाहेकको केही देखिएको अवस्थामा अतिरिक्त उपचारका लागि तयार छु। म मेरा लागि विशिष्ट जोखिमहरु सहितका सबै जोखिमहरु बुझ्दछु ।
  • शल्यक्रियाका लागि जनरल एनेस्थेसिया(General Anaesthesia) आवश्यक पर्दछ । म मेरा लागि विशिष्ट जोखिमहरु सहितका सबैजोखिमहरु बुझ्दछु ।
  • अन्य आवश्यक पर्ने उपचारहरु /उपचारका बिकल्पहरु तथा त्यससँग जोडिएका जोखिमहरुबारे अवगत छु ।
  • मेरो सुधार (Prognosis)  र अप्रेसन नगरेमा हुने जोखिमबारे पनि जानकार छु।
  • मेरो प्रत्यारोपणगरिएकोमिर्गौलालेकाम गर्ने र स्वास्थ्यमा सुधार हुन्छ भन्ने कुराको कुनै सुनिश्चितता छैन यद्यपि अत्यन्त दक्ष तथा अनुभविबिशेषज्ञहरुले अत्यन्त व्यवसायिक तरीकाले शल्यक्रिया गर्दछन् ।
  • यदि शल्यक्रियाको समयमा तत्कालै कुनै संकटपूर्ण र जीवन समाप्त हुने अवस्था आएमा चिकित्सकहरुसँग भएको छलफलमा आधारित रहेरउपचार गर्नुपर्नेछ । म मेरो चिकित्सकलाई मेरो अवस्था र शल्यक्रियाबारे चासो राख्न,प्रस्तावित शल्यक्रिया,यसका जोखिमहरु र मेरो उपचारबारेप्रश्न सोध्न सक्षम छु ।

मेरा प्रश्नहरु तथा मेरा जिज्ञासाहरुका जवाफ गहन छलफल गरी मलाइ सन्तुष्ट पार्ने गरी आएका छन् ।

म बुझ्दछु, शल्यक्रिया गर्ने बिचार कुनैपनि बेला परिवर्तन गर्ने मेरो अधिकार छ , सहमतिपत्रमा हस्ताक्षर भइसकेको अवस्थामापनि म आफ्नो निर्णयवदल्न सक्ने अधिकार राख्दछु तर, म मेरो चिकित्सकसँगको छलफल अनुसार अगाडी बढ्न उपयुक्त ठान्दछु ।

उपचारमा भवितव्य आइपर्ने कुनै पनि नकारात्मक अवस्थाहरुका लागि म उपचारमा सहभागी चिकित्सक, नर्स, अस्पताल स्टाफ र प्रशासनबिरुद्धकुनै आरोप, उजुरी तथा दाबी गर्ने छैन ।

माथि भएका भनाइ सहमतिहरुको आधारमा  मैले मिर्गौला प्रत्यारोपण(Kidney Transplant) गराउनका लागि लागि आप्नो मञ्जुरी दिएको छु ।

 

बिरामीको नाम:………………………………………………….  ठेगानाः………………………………………………………

    

हस्ताक्षरः…………………………………. औंठाछाप …………………………… मितिः……………………………………….

 

डाक्टरको नामः…………………………………………………………………………………………………………….      

 

हस्ताक्षरः……………………………………………………………………

साक्षीहरुः

जिवित मिर्गौला दाता(Living Donor Nephrectomy)का लागि शल्यक्रिया अनुमति फाराम

यो मंजुरिनामाको उद्देश्य यहाँलाई जिबित मिर्गौला दाताका रुपमा सहभागि हुनुअघि र दाताका रुपमा निर्णय लिनुअघि आवश्यक जानकारी गराउनुरहेको छ । सहमति आपसी समझदारीमा आधारीत हुनुपर्नेछ। यसका जोखिमहरु,फाइदाहरु र बिकल्पहरुबारे दाताका रुपमा यहाँलाइ र ग्रहणकर्तालाईसमेत जानकारी गराउनु रहेको छ ।

कुनै पनि व्यक्तिका दुवै मिर्गौलाले स्थायी रुपमा काम गर्न नसकेको अवस्था (End-Stage Renal Disease)मा अर्को दाता व्यक्तिको मिर्गौला राख्नेअपरेशनलाई मिर्गौला प्रत्यारोपण भनिन्छ । मिर्गौला दिने व्यक्तिलाई मिर्गौला दाता ( kidney donor) र लिने व्यक्तिलाई मिर्गौला ग्रहणकर्ता(kidney recipient) भनिन्छ । दाता जीवित व्यक्ति या मरिसकेको व्यक्ति पनि हुन सक्छ । जीवित दाताका हकमा दुवै मिर्गौला स्वस्थ हुनुका साथैसम्पूर्ण शरीर पनि स्वस्थ हुनुपर्छ। मिर्गौला प्रत्यारोपण युरोलोजिष्ट/ शल्यचिकित्सक, नेफ्रोलोजिष्ट र एनेस्थेसियोलोजिष्टको समन्वयमा कार्यान्वयनहुन्छ।

मुख्यतः जीवित दाताका हकमा दुवै मिर्गौला स्वस्थ हुनुका साथै सम्पूर्ण शरीर पनि स्वस्थ रहेको यकिन गरिन्छ युरोलोजिष्ट/शल्यचिकित्सक, नेफ्रोलोजिष्टर एनेस्थेसियोलोजिष्टले आवश्यकता अनुसार अन्य विशेषज्ञको सहयोगमा शल्यक्रिया निर्धारण गर्दछन् र शल्यक्रियाको लागि गर्ने यो तयारीलाईशल्यक्रियापूर्वको जाँच (Preanaesthetic checkup/PAC) भनिन्छ ।आवश्यक PAC पछि, पूरा शरीर बेहोश वा अचेत बनाउन  जनरलएनेस्थेसिया(General Anaesthesia) दिएर चिरेर(open) या ल्याप्रोस्कोपिक विधि प्रयोग गरी शरीरवाट एउटा मिर्गौला निकालिन्छ । यहाँलाई गरीनेशल्यक्रिया सकिनासाथ शल्यचिकित्सकहरुको अर्को टोलीले तत्काल सो मिर्गौला ग्रहणकर्तालाई प्रत्यारोपण गर्नका लागि तयारी गर्दछन् ।अधिकांशप्रत्यारोपणहरुमा, यहाँले दान दिनुभएको मिर्गौलाले प्रत्यारोपण सकीएको केही समयमा नै ग्रहणकर्ताको शरीरमा कामगर्न शुरु गर्छ ।

दाता जीवित व्यक्ति (living donor) या मरिसकेको व्यक्ति (deceased donor) पनि हुन सक्छ । जीवित व्यक्तिले दान गरेको मिर्गौलाको आफ्नैफाइदाहरु छन्।

जिबित मिर्गौला दाताका रुपमा हुने फाइदाहरु:

  • प्रत्यारोपण शल्यक्रिया दाता र ग्रहणकर्ताबीचको आपसी सहमति र समझदारीमा तय गरी आकस्मिक भन्दापनि योजनावद्ध तरीकावाटसमयलिएर गर्न सकिनेछ ।
  • रगतको नाता भित्रका जिबित दाताहरुवाट प्राप्त भएको मिर्गौला तुलनात्मकरुपमा बढी सफल हुने गरेको छ,  किनभने रगतको नात भित्रकाजिवित दाता र प्राप्तकर्ताबीच टिस्यु म्याच (तन्तुहरुको स्वभाव मिल्ने) संभावना बढी रहन्छ ।
  • जिवित मिर्गौला दाताका रुपमा यहाँले मनोबैज्ञानिक फाइदाहरु प्राप्त गर्नुहुनेछ । आफन्तजनवाट पाएको जिवनदायी उपहारवाट ग्रहणकर्तालेसकारात्मक अनुभुति गर्नेछन् । त्यसैगरी दाताले पनि आफुले दान दिएको मिर्गौलाका कारण ग्रहणकर्ता प्रियजनको स्वास्थ्य सुधार भएको रप्राणरक्षाका लागि दिएको योगदानका लागि गौरव गर्दछन् ।

जिबित मृगौला दानका मेडिकल तथा सर्जिकल जोखिम तथा चुनौतिहरुः

  • बेहोस(General Anesthesia) पार्दा हुनसक्ने सम्भावित जोखिमहरु जसमा औसधीहरुको असर, अलेर्जी हुने, प्रेसर घटबढ हुने, मुटुको चालघटबढ हुने, जसले ज्यान जोखिम पार्न सक्ने तथा भेन्टिलेटरमा बस्नुपर्ने -0.५ %
  • शल्यक्रिया गर्दागर्दै या पछि  अत्याधिक रक्तस्राव(Bleeding) हुनसक्ने  जसको लागि रगत (Blood Transfusion)चढाउनु पर्ने, पुनशल्यक्रिया गर्नु पर्ने -१%    
  • रगत चढाउँदा हुनसक्ने नकरात्मक असरहरु -५%
  • पेटमा सानो प्वाल पारेर ल्याप्रोस्कोपिक (laparoscopic) विधि प्रयोग गर्दा पेटमा वायु भरेर गर्नुपर्ने हुन्छ। वायु भर्दा प्रेसर घटबढ हुने, मुटुकोचाल घटबढ हुने, जसले ज्यान जोखिम पार्न सक्ने
  • पारेर ल्याप्रोस्कोपिक (laparoscopic) विधि प्रयोग गर्दा विविध कारणवश कुनै पनि बेला चिरेर खुला(open) विधिमा रूपान्तरण गर्नु पर्ने -५%
  • मिर्गौला वरपरका अङ्गहरु(दाहिनेमा तल्लो महानसा(Inferior Venecava), कलेजो(Liver), आन्द्रा(Intestines), फोक्सो बाहिरको झिल्ली(Pleura) र देब्रेमा आन्द्रा(Intestines), फियो(Spleen),प्यान्क्रियाज(Pancreas), फोक्सो बाहिरको झिल्ली(Pleura))मा चोट लाग्नसक्ने र पुन शल्यक्रिया गर्नु पर्ने -१%
  • मिर्गौला निकाल्ने अप्रेशन शुरु गरिसकेपछि पनि रोक्नु पर्ने अवस्था -०.५ %
  • अप्रेशन गरेपछिको घाउमा संक्रमण(Wound Infection)- ४%
  • छातीको संक्रमण (Pneumonia)– ०.५%
  • रक्तबाहिनी नलीमा रगत जम्ने(Deep Vein Thrombosis) – ०.५%
  • घाउ लामो समयसम्म दुख्ने समस्या (Painful Scar and Neuralgia)- १०%
  • घाउमा हुने हर्निया (Incisional Hernia)- १ देखी २ %
  • मिर्गौलाले झणिक(Acute Kidney Injury) काम नगर्ने तथा पछि स्थायी काम नगर्ने (End Stage Renal disease) को जोखिम- १%
  • मृत्यु(Mortality)– ०.००३%
  • अन्य……………………………………………………………………………………………………………………………………………………..
  • अन्य ……………………………………………………………………………………..

जिबित मिर्गौला दानका सम्भावित मनोसामाजिक जोखिमहरुः

  • शल्यक्रियाका घाउका खतहरुका कारण शारिरिक सुन्दरतामा समस्या देखिने ।
  • शल्यक्रिया पछि समायोजनमा समस्या ।
  • मिर्गौला दान गरेका कारण दाताको जिवनशैलीमा आउने संभावित असर ।

यो स्वीकार गर्दछु की मेरो चिकित्सकले मलाई यसबारे राम्रोसँग जानकारी गराउनुभएको छः

  • मेरो प्रस्तावित शल्यक्रियामा, चिकित्सकले अपेक्षा गरेभन्दा बाहेकको केही देखिएको अवस्थामा अतिरिक्त उपचारका लागि तयार छु। म मेरा लागि विशिष्ट जोखिमहरु सहितका सबै जोखिमहरु बुझ्दछु ।
  • शल्यक्रियाका लागि जनरल एनेस्थेसिया(General Anaesthesia) आवश्यक पर्दछ । म मेरा लागि विशिष्ट जोखिमहरु सहितका सबैजोखिमहरु बुझ्दछु ।
  • मेरो सुधार (Prognosis), अन्य आवश्यक पर्ने उपचारहरु /उपचारका बिकल्पहरु तथा त्यससँग जोडिएका जोखिमहरुबारे अवगत छु ।
  • मेरो र मेरो मिर्गौला ग्रहणकर्ताको स्वास्थ्यमा सुधार हुन्छ भन्ने कुराको कुनै सुनिश्चितता छैन यद्यपि अत्यन्त दक्ष तथा अनुभवि बिशेषज्ञहरुलेअत्यन्त व्यवसायिक तरीकाले शल्यक्रिया गर्दछन् ।
  • यदि शल्यक्रियाको समयमा तत्कालै कुनै संकटपूर्ण र जीवन समाप्त हुने अवस्था आएमा चिकित्सकहरुसँग भएको छलफलमा आधारित रहेरउपचार गर्नुपर्नेछ ।
  • शल्यक्रियापछि३ देखि७दिनसम्मअस्पतालकोपोष्टअपरेटिभवार्डमाबस्नुपर्नेहुन्छ । मिर्गौला दानगरिसकेपछिपनियहाँलेसमयसमयमास्वास्थ्यजाँचगर्नुपर्नेहुन्छ।डिस्चार्जभएपछिसम्वन्धितबिशेषज्ञलेबोलाएकोसमयमाजाँचगराउनुपर्नेहुन्छ ।

म मेरो चिकित्सकलाई मेरो अवस्था र मिर्गौला दानबारे चासो राख्न,प्रस्तावित शल्यक्रिया,यसका जोखिमहरु र मेरो उपचारबारे प्रश्न सोध्न सक्षम छु ।

मेरा प्रश्नहरु तथा मेरा जिज्ञासाहरुका जवाफ गहन छलफल गरी मलाइ सन्तुष्ट पार्ने गरी आएका छन् ।

म बुझ्दछु, मिर्गौला दान गर्ने बिचार कुनैपनि बेला परिवर्तन गर्ने मेरो अधिकार छ , सहमतिपत्रमा हस्ताक्षर भइसकेको अवस्थामापनि म आफ्नो निर्णयवदल्न सक्ने अधिकार राख्दछु तर, म मेरो चिकित्सकसँगको छलफल अनुसार अगाडी बढ्न उपयुक्त ठान्दछु ।

उपचारमा भवितव्य आइपर्ने कुनै पनि नकारात्मक अवस्थाहरुका लागि म उपचारमा सहभागी चिकित्सक, नर्स, अस्पताल स्टाफ र प्रशासनबिरुद्धकुनै आरोप, उजुरी तथा दाबी गर्ने छैन ।

माथि भएका भनाइ सहमतिहरुको आधारमा  मैले मेरो दाँया / बाँया मिर्गौला दान गर्ने शल्यक्रिया चिरेर(Open)/ल्यापरोस्कोपिक(Laparoscopic)पद्धतिद्वारा (Donor Nephrectomy) गराउनका लागि लागि आप्नो मञ्जुरी दिएको छु ।

 

बिरामीको नाम:………………………………………………….  ठेगानाः………………………………………………………

    

हस्ताक्षरः…………………………………. औंठाछाप …………………………… मितिः……………………………………….

 

डाक्टरको नामः…………………………………………………………………………………………………………….      

 

हस्ताक्षरः……………………………………………………………………

साक्षीहरुः

 

 नर्स/डाक्टर नाम र हस्ताक्षर

 

       ……………………………………………………………………………………………………..

 

बिरामीको अभिभावकको नाम हस्ताक्षर

 

नाम:……………………………………………………………………………………………………………………

 

हस्ताक्षरः  ……………………………..            औंठाछाप ……………………………